शेयर बजार ओरालो लाग्यो

काठमाडौं  । सोमबार शेयर बजार ओरालो लाग्यो । उतारचढावबीच बजार परिसूचक नेप्से करिब १ अंकले ओरालो लागेर ५ सय ३८ दशमलब पाँच दुई कायम भयो ।


बीमा र विकास बैंक सकारात्मक रहेपनि अरु समूह ओरालो लागेसँगै नेप्से झरेको हो । जलविद्युत समूह सबैभन्दा उच्च ४ अंकले झर्यो । बीमा समूह भने २१ अंकले बढ्यो ।


यस दिन नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीको संख्या भने उच्च रह्यो ।

 

यस दिन १ सय १० कम्पनीको ३ लाख ७० हजार बराबर कित्ता शेयर १२ करोड ८२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS