डडेल्धुरामा चर्पी बनाउन आलटाल गर्नेलाई पक्राउ

डडेल्धुरा  । डडेल्धुरामा चर्पी बनाउन आलटाल गर्नेलाई प्रहरीले पक्रन थालेको छ । जिल्लालाई २०७१ सालसम्ममा खुला दिसामुक्त बनाउने अभियान अन्तर्गत चर्पी बनाउन घरदैलो कार्यक्रम गरिएपनि बनाउन आलटाल गर्नेलाई पक्राउ गरिएको हो । 
जिल्लाको सबैभन्दा ठूलो गाविस जोगबुढालाई साउन महिनाभित्र खुला दिशामुक्त गाविस घोषणा गर्ने तयारी गरिएपनि सर्वसाधारण शौचालय निर्माणमा सक्रिय नभएपछि पक्राउको तरिका अपनाइएको हो ।
 
शौचालय बनाउन अटेर गर्नेलाई एक दिन हिरासतमा राखेर शौचालय निर्माण गर्न एक हप्ताको समय दिई छाडिने गरिएको छ ।
गाविसको अनुरोधलार्ई अटेर गरि चर्पी नबनाउने करिब दुई दर्जन घरधुरीका व्यक्तिलाई पक्रन शुरु गरेपछि निर्माणाधीन चर्पीहरु पनि धमाधम बन्न थालेका छन् । डडेल्धुरामा २० वटा गाविस र एक नगरपालिका रहेको छ ।
RSS

अन्य समाचारहरु