रामेश्वर शाह एनआरएनएको अध्यक्षमा भिड्ने

आगामी अक्टोबरमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वका लागि रामेश्वर शाहले भिडन्त गर्नुहुने भएको छ । हाल संघको उपाध्यक्ष रहनुभएका शाहले भोली काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्षका लागि आफ्नो उम्मेदबारी घोषणा गर्दै हुनुहुन्छ । 
युएईमा रहेर एनआरएनमा लागेका शाह हाल भने बैदेशिक रोजगारमा छैनन ।
नेपालबाटै एनआरएनको राजनिती गर्न पाइने नपाईने भन्ने बिषयमा भने उनको उम्मेदवारी पछि विवाद देखिने बुझिएको छ ।  
शाहले उम्मेदवारी घोषणा गरेपछि संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नेको संख्या तीन पुग्नेछ । यसअघि शेष घले र राम थापाले अध्यक्षमा उम्मेदवारी घेषणा गरिसक्नुभएको छ । पत्रकार सम्मेलन मार्फत शाहले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गर्ने बताउनु भएको छ ।
अक्टोवरमा संघको छैठौं गैरआवासिय नेपाली विश्व सम्मेलन र महाधिवेशन काठमाडौंमा हुँदै छ ।