काठमाडौं । बुधबार पनि शेयर बजार ओरालो लाग्यो ।
शुरुमा सकारात्मक रहेर ३ अंक बराबरले सुधार भएको नेप्से ओरालो लाग्दै करिब डेढ अंकले ऋणात्मक रहेर थामियो । नेप्से ५ सय ३७ मा आइपुग्यो । विकास बैंक र वित्त धनात्मक रहे भने अरु कारोबार भएका समूह ऋणात्मक रहे । जलविद्युत र होटल समूह ९ अंकले झरे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५ कम्पनीको ४ लाख १६ हजार कित्ता शेयर १२ करोड ९२ लाख रुपैयाँ बराबरका किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
RSS