सरकारले भक्तपुरलाई वर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेपछि भक्तपुरका कुखुरा व्यावसायी आन्दोलित

भक्तपुर  । सरकारले भक्तपुरलाई वर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेपछि भक्तपुरका कुखुरा व्यावसायी आन्दोलित भएका छन् ।

 

कुखुरा व्यावसायीले जिल्ला पशु सेवा कार्यालय अगाडी अहिले चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् । व्यावसायीको चक्काजामका कारण त्यस क्षेत्रको यातायात व्यवस्था प्रभावित बनेको छ ।

गत साउन २ गतेदेखि जिल्लाका विभिन्न ठाउँमा देखिएको वर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन नसकेपछि हिजो कृषि तथा सहकारी मन्त्रालयले भक्तपुर जिल्लालाई वर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरेको हो ।


 व्यावसायीले बैज्ञानिक तरिकाबाट बर्डफ्लु नियन्त्रण गरिनुपर्ने, पिडितले पूर्ण रुपमा क्षतिपूर्ती पाउनुपर्ने, बैंकको श्रृण मिनाह हुनुपर्ने लगायतका माग राखेका छन् । उता, जिल्ला पशु सेवा कार्यालयले भने आजदेखि जिल्लामा कुखुरा मार्ने अभियान शुरु गर्दैछ ।

 

RSS