रोल्पा, – चट्याङमा परी रोल्पामा दुई महिलाको ज्यान गएको छ । मंगलबार राति परेको चट्याङका कारण पूर्वी रोल्पाको जेलबाङ ५ की ५० वर्षीया रामसरी सुनार र वडा नं. ४ की ४१ वर्षीया डल्ली बुढामगरको ज्यान गएको हो ।
प्रहरीका अनुसार मंगलबार राति साढे ८ बजेतिर गोठमा चट्याङ परेको थियो । केही दिनयता पूर्वोत्तर रोल्पामा लगातार वर्षा भएको छ । स्थानीयहरू वर्षाको समयमा गोठमा बस्ने गर्छन् । गोठमा सुतेका बेला चट्याङ परेको थियो ।
यस्तै मंगलबार राति नै सदरमुकामस्थित रेउघामा अर्का एक जना अधबैंसेको ज्यान गएको छ । बजारबाट सिसा बोकेर गइरहेका बेला लडेपछि सिसाले काट्दा अत्यधिक रक्तस्राव भएर ओत २ का हरिबहादुर घर्तीमगरको ज्यान गएको हो ।
RSS