काठमाडौं । सरकारले अनुगमन गरे पनि कारवाही प्रभावकारी नहुँदा गुणस्तरहीन र अखाद्य वस्तु तथा सेवा उत्पादन गरी उपभोक्ताको स्वास्थमाथी खेलबाड गर्ने क्रम रोकिएको छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन पानी उत्पादन तथा विक्री, वितरण गरिरहेको भन्दै पछिल्लो समय थुप्रै पानी उद्योग सिलबन्दी गरे पनि अनुगमनका क्रममा हरेक जसो उद्योगमा कैफियत भेटिएकै छ ।
विभागले विहीबार थप अर्को पानी उद्योग अनुगमन गरी सिलबन्दी गरेको छ ।
विभागले मातातिर्थस्थित दुवा फुड एण्ड बेभरेज प्रालि उद्योग सिलबन्दी गरेको हो । विभागले अनुगमनका क्रममा यो उद्योगबाट उत्पादित पानीमा हानीकारक सूक्ष्म जीवाणु कोलिफर्म फेला पारेको जनाएको छ ।
प्रशोधित पानी उद्योगबाट उत्पादित पानीको गुणस्तरमा सुधार नभएसम्म उद्योग सिलबन्दी गरिएको विभागले जनाएको छ ।
RSS