– युवराज कंडेल
बुटवल, श्रावन ३२ – नेपाल चिन मैत्री समाज लुम्बिनीको बाह्रौ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय अन्तर उच्च मावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल चिन सम्बन्ध शिक्षा-आजको आवस्यकता विषयक बक्तृत्वकला प्रतियोगितामा रुपन्देही जिल्लाका बिभिन्न १२ बाट उच्च माविका विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए।कार्यक्रममा बोल्ने विद्यार्थीहरुले नेपाल चिन साम्बंध्को बारेमा नेपाल र चीनका शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने विद्यार्थीहरु शिक्षा दिन सकेमा दुई देश बिचको एतेहसिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ हुने र त्यसबाट नेपालले फाईदा लिन सक्ने कुरामा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि उच्च माध्यमिक शिक्षा परिषद बुटवलका प्रमुख सुवास पन्तले नेपालका बिद्यार्थिहरुले अन्तर्राष्टिय सम्बन्धको बारेमा शिक्षा नपाएको कारणले बिभिन्न देशहरु प्रति आग्रह र पूर्वाग्रह बढेको बताउदै छिमेकि देशहरुको प्रगतिको लाभ लिनको लागी पनि शिक्षा अत्यावस्यक भएको बताउनु भयो। हिसान रुपन्देहीका अध्यक्ष टुक बहादुर क्षेत्रीले बक्तृत्वकला प्रतियोगिताले विद्यार्थिहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाएको मात्र नभई चिन र नेपाल बिचको सम्बन्धको बारेमा अझ प्रष्ट हुने अवसर प्राप्त गरेको बताउनु भयो।
वक्तृत्वकला प्रतियोगितामा शंकरनगर दुर्गादत्त उमाविका लक्ष्मण बिक प्रथम,न्यू लाइट उमाविका कृष्ण भुषाल द्वितीय, अक्सफोर्ड उमाविका किरण ज्ञवाली तृतीय र ग्लोरियस उमाविका विद्यार्थी शिला बश्यालले सान्त्वना स्थान हासिल गरेका थिए। विजयी विद्यार्थीलाई प्रमुख अतिथि सुवास पन्त र मैत्री समाजका अध्यक्ष नारायण सापकोटाले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो।
मैत्री समाजका सदस्य युबराज कंडेल को संयोजन र नेपाल चिन मैत्री समाजका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिपक गलामीले गर्नु भएको थियो। स्थानीय कालिका उच्च माविको सभाहलमा आयोजित कार्यक्रममा कालिका उच्च माविका छात्रछात्राहरुले बिभिन्न साहित्यिक र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।