तनहुँ, भाद्र १ । तनहुँको घाँसीकुवा ४ बान्द्रेमा आज अपरान्ह दुईवटा कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
संयुक्त अरब इमिरेटस युएईका अब्दुल्ला अब्दुल रहमन बेरिक अल्माको कार दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही दुर्घटनामा परी भरतपुर क्यान्सर अस्पतालका डाक्टर विक्रम कार्की, भरतपुरका कृष्णपुरका कृष्ण बहादुर विक, संयुक्त अरब इमिरेटसका अब्दुल रहमन बेरिक अल्मा बेरी, अब्दुल रहमान अब्दुल अल्मान रहमान बेरी र सिन्धुपाल्चोक थुर ६ बस्ने कुमार श्रेष्ठ घाइते भएका छन् ।
घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
RSS