काठमाडौं । यस साता पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ अंकले ह्रास भई अन्तिम दिन ५ सय ३६ दशमलब चार पाँच अंकमा आइपुग्यो ।
यस साता विकास बैंक, बीमा र उत्पादक मुलक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से घटेको हो ।
यस साता कारोबार रकम र कारोबार भएको शेयर संख्याको आधारमा ग्लोवल आइएमई बैंक एवं कारोबार संख्याको आधारमा कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा ग्लोबल आइएमई बैंकलाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, चिलिमे हाइड्रो पावर कम्पनी र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।



