कपिलवस्तु । चेलिबेटी बेच्न खोज्ने तीन जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
कपिलवस्तु चनई गाविस वडा नम्बर ९ वस्ने निर्मला परियार, सुककुमारी लामा र होटल सञ्चालक करवीर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
निर्मला परियारले आफ्नो माईती घर गुल्मीको दुर्गम गाउँबाट दुई युवतीलाई राम्रो काम लगाई दिने भन्दै ल्याएर कपिलवस्तुको चनईस्थित बद्रिनाथ गेष्टहाउसमा देह व्यापारमा लगाउन खोजेको प्रहरीले जनाएको छ ।
युवतीहरुले देहव्यापार गर्न नमानेपछि उनीहरुलाई कृष्णनगर हुँदै बैंग्लोर लैजान लागेको अवस्थामा चन्द्रौटाबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।
RSS