काठमाडौं । सोमबार पनि शेयर बजारमा सुधार जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंक बढीले सुधार भएर ५ सय ४३ दशमलब सात दुई कायम भयो । धनात्मकबाट सुरु भएको नेप्से केही समय ऋणात्मक बनेको नेप्से मध्यान्ह पछि सकारात्मक बनेको हो ।
कारोबार भएका मध्ये आधा भन्दा बढी समूहका सूचक हरियो रहेसंगै नेप्से सुधारिएको हो । होटल, जलविद्युत, वाणिज्य बैंक र अन्य समूहका सूचक सकारात्मक रहे भने अरु समूहका सूचक ओरालो लागे । होटल समूहमा सबैभन्दा उच्च १५ अंकको बृद्धि भयो ।
अघिल्लो दिन उच्च बृद्धि भएको बीमा समूहमा भने यस दिन १३ अंकको गिरावट आयो । पछिल्ला दिन कारोबार परिमाण भने औसत भन्दा उच्च रहँदै आएको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ९ कम्पनीको १२ लाख ४० हजार कित्ता शेयर २६ करोड ९२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
RSS