शेयर बजारमा सुधार जारी, जलविद्युत समूह भने ऋणात्मक

काठमाडौं । मंगलबार पनि शेयर बजारमा सुधार जारी रह्यो । बजार परिसूचक नेप्से निरन्तर उकालो लागेर ४ अंक बढीले उकालो लाग्यो । नेप्से ५ सय ४८ दशमलब तीन दुई कायम भयो । कारोबार भएका अधिकांश समूहका सूचक सकारात्मक रहे संगै नेप्से सुधारिएको हो ।


अन्य समूह १० अंकले बढ्यो भने होटल समूहमा पनि ९ अंकको बृद्धि भयो । जलविद्युत समूह भने ऋणात्मक रह्यो ।


यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय १४ कम्पनीको ८ लाख ७६ हजार कित्ता शेयर १९ करोड ४८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS