टाटा मोटर्सका लागि नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङद्धारा चार दिने टाटा कार मेलाको आयोजना

ललितपुर । टाटा मोटर्सका लागि नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले चार दिने टाटा कार मेलाको आयोजना गरेको छ ।

 

ललितपुर सातदोबाटोस्थित स्वीमिङ कम्प्लेक्समा आयोजना गरिएको कार मेलामा टाटाद्धारा उत्पादित नयाँ कारहरु विक्रीका लागि राखिएका छन् भने एक्सेन्जको व्यवस्था पनि गरिएको छ ।
 
मेलामा कम्पनीले टेष्ट ड्राइभको व्यवस्था पनि गरेको छ । मेलामा भिष्टा डी ९० र सफारी स्ट्रोमका नौला मोडल पनि राखिएका छन् ।

मेलाका अवसरमा गाडी खरिदमा आकर्षक छुटको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।


८ गतेसम्म चल्ने मेलामा फुड स्टलसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएको छ ।

 

RSS