दोहा – कतार एयरवेजले सबै क्लासका यात्रुका लागि लगेजमा थप सुविधा दिने भएको छ। नयाँ व्यवस्थाअनुसार एयरवेजले इकोनमी क्लासमा यात्रा गर्नेलाई ३० केजीसम्मको लगेज सुविधा दिनेछ। अहिले इकोनोमी क्लासमा यात्रा गर्नेहरुले २३ केजीसम्म मात्र लगेज सुविधा पाउँछन्।
एक सय २८ अन्तरार्ष्ट्रिय गन्तव्यमा उडान गर्ने कतार एयरवेजले ३० केजीको लगेज सुविधा लिन एउटै ब्याग हुनुपर्ने जनाएको छ। फुटबल क्लब बार्सिलोनाको प्रायोजक हवाइ कम्पनीले यो सुविधा सेप्टेम्वर १ देखि लागू हुने उल्लेख गरेको छ।
विजनेस क्लासका यात्रुले ३० केजी स्थानमा ४० केजी सामान लैजान पाउने छन्। फस्ट क्लासका यात्रुले अहिले पाउँदै आएको ४० केजीको सुविधालाई बढाएर ५० केजी पुर्या-इएको छ।
दुबइ अन्तरार्ष्ट्रिय विमानस्थल मुख्य हब रहेका इतेहाद र इमिरेट्स एयरलाइनले सुविधा थपेपछि कतारलाई लगेज सुविधा बढाउन दवाब परिरहेको थियो।
– Agencies