बागलुङ – आमा भाँडा माझ्न गएको समयमा पछिलागेर सँगै गएका यहाँका डेढ बर्षका बालक खोलामा बगेर बेपत्ता भएका छन् ।
दर्लिङ ७ घर भइ बुर्तिवाङमा बस्दै आएका ओमप्रकाश विकका डेढ बर्षका छोरा बेपत्ता भएका हुन् । बुधबार साँझ भुजी खोलामा विककी श्रीमती भाँडा माझ्न लाग्दा पानीमा खेल्दा खोलाले बगाएको थियो ।
बेपत्ता बालकको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।
छोरा बेपत्ता भएपछि आमा बेहोस छिन् । उनको बुर्तिवाङ प्रथमिक स्वास्थय केन्द्रमा उपचार भइरहेको छ । बेहोस भएकी महिलाको नाम खुलेको छैन ।
EKANTIPUR