नेपाली उत्पादनलाई भन्सार सहुलियत दिन पाकिस्तान सरकार तयार

काठमाडौं  । नेपाली उत्पादनलाई भन्सार सहुलियत दिन पाकिस्तान सरकार तयार रहेको छ । नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठकमा पाकिस्तानमा निर्यात बढाउन सुविधा दिने विषयमा सहमति भएको हो । यस्तै पाकिस्तानी निजी क्षेत्र नेपालमा लगानी गर्न अत्यन्त इच्छुक रहेको तर त्यसका लागि सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिएको बैठकमा सहभागि नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष सुरेन्द्रवीर मालाकारले जानकारी दिए  ।


दुई दिने बैठकमा सहभागि भई विहिबार स्वदेश फर्किएको अर्थमन्त्री शंकरप्रसाद कोइरालाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी आठ वर्ष पछि बसेको बैठकमा दुई देशबीच व्यापार अभिबृद्धि गराउन महत्वपूर्ण प्रयास भएको मन्त्री कोइरालाले बताए ।



व्यापार घाटा कम गर्न बैठकमा महत्वपूर्ण उपलब्धी हासिल भएको मन्त्री कोइरालाको भनाइ छ । बैठक पश्मिना, चिया, अदुवा एवं कन्ट्याक्ट लेन्स निर्यातमा केन्द्रित भएको थियो । नेपालका कृषि उपज पाकिस्तान पठाउन वोर्किङ्ग गु्रपको बैठक भदौंमा नै बस्ने सहमति भएको पनि बताइएको छ ।

 

RSS, IMAGECHANNEL