धादिङको गजुरी वरपिपलडाँडामा एक जना वृद्धाको हत्या

धादिङ  । धादिङको गजुरी गाविस वडा नम्वर ८ छेवाङ वरपिपलडाँडामा गएराति एक जना वृद्धाको हत्या भएको छ । 
आफ्नै घरमा सुतिरहेको बेला अज्ञात समूहले ६१ वर्षीय बुद्धिमाया चेपाङको हत्या गरेका हुन् । 
आक्रमणमा परेकी बुद्धिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
आक्रमणमा परी बुद्धिमायाकी श्रीमान् चन्द्रबहादुर चेपाङ गम्भीर घाइते भएका छन् । घाइते चन्द्रबहादुरलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । 
हत्याको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
RSS

अन्य समाचारहरु