उदयपुरको त्रिवेणी ग्राँसमा टि्रपर दुर्घटना हुँदा एक जनाको मृत्यु

डिल्लीराम खतिवडा
उदयपुर  –  सिद्धिचरण राजर्मागको कटारी मिचैया सडक खण्ड अन्र्तगत उदयपुरको त्रिवेणी-६ ग्राँसमा टि्रपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना. ३ ख ६६६८ नम्बरका टि्रपर दुर्घटना हुादा सिराहाको फुलबरीया-७ का २४ बर्षीय कुमार पुलामीमगरको मत्यु भएको प्रहरीले जनाएको छ । मगरको उपचारको क्रमममा मृत्यु भएको प्रहरी उपरीक्षक अजय भट्टराईले वताए । हिजो टिपर दुर्घटना हुादा मगरसहित १४ जान घाईते भएका थिए ।
शिरिसे गविसको पटनाभन्ज्यङ्ग स्थित ढुंगा खानीबाट धनुषाको महेन्द्र नगरमा रहेकेा कसमस सिमेन्ट उद्योगमा चुनढुगा लिएर जाँदै गरेकेा टि्रपर दुर्घटना हुादा घाईते भएकामध्ये भीम परियार र राजेश परियारको धरानमा उपचार हुन नसकेपछि काठमाण्डौ लगिएको उपरीक्षक भट्टराईले वताए ।
त्यसैगरि सन्तोष भट्टराई, गणेश मगर, सविना लामा र आशा लामाको धरानमा उपचार भई रहेकेा छ । अन्य अनिल राई, टंकबहादुर मगार, सुजन मगर, चन्द्र मगर, दिपक मगर, संजय मगर र रन्जित साहको मिर्चैयामा उपचार भइरहेकेा छ । घाइतेमध्ये काठमाडौ लगिएका दुवैको अवस्था गम्भीर रहेकेा प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु