अर्घाखाँचीकी कलाकार सम्झना लामीछाने मगर यस् पटक पनि तीज मनाउन दुबइ आउँदै

– उमाकान्त पाण्डे गाउंले 
काठमान्डौ –  अर्घाखाँचीकी कलाकार सम्झना लामीछाने मगर यस् पालीको तीज मनाउन सम्युत्त अरब एमिरेट्स दुबइ आउने भएकी छन । 
अर्घाखांचीको जुकेना ९ मा जन्मिएकी सम्झनाका दर्जनौ लोकभाका भिडियो सार्वजनिक भएका छन । सार्वजनिक भएका सबै म्युजिक भिडियो चर्चाको शिखरमा पुगेका छन । 
जुकेनामा जन्मिए पनि हाल काठमाण्डौंमा बसोबास गर्दै आएकी नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायिका सम्झना लामिछाने मगर आगामी शुक्रबार  दुबईमा हुने तीज कार्यक्रमको लागि यहाँ आउने भएकी हुन । 
आफ्नै एल्बम ‘आंसु तथा सालैजो”, ‘तीजमा नाच्नेहो ढल्की  ढल्की’ र सम्झना लोक भिसिडीबाट चर्चा कमाउन सफल भएकी सम्झनाले  मिलन लामाको दोहोरी गीत ‘यूरोप जर्मनी’ र ‘पहिला फोनमै कुरा गर्ने’ लगायत दर्जनौ गीतिएल्बमबाट पनि ख्याति कमाई सकेकी छिन् ।
आगामी ३० अगस्ट शुक्रबारका दिन दुबइको ईम्पिरियल स्वीट्स होटलमा अर्घाखाँची संपर्क समिति यूएई र गुल्मी सेवा समाज यूएईको सम्युत्त आयोजनामा हुन लागेको कार्यक्रममा सम्झनाले यहाँकार्यरत सम्पूर्ण नेपालीलाई आफ्नै गाउंठाउमा भएको महसुश गराउने छिन ।
कलाकार मगरले गत बर्ष पनि यूएईमा रहेका नेपाली सगै तीज मनाएकी थिईन  । ‘दुबइका धेरै नेपालीको माग र अनुरोध सगैं यस् बर्ष पनि उनै कलाकारलाई बोलाउने निर्णय गरियो’ आयोजक मध्येका अर्घाखाँची संपर्क समितिका अध्यक्ष राजु खड्काले भने । 
कार्यक्रमको लागि आयोजकहरु पनि उत्साहका साथ तयारीमा लागि परेका छन । 
हरितालिका तीजको कार्यक्रममा अतिथि कलाकार सम्झना लामिछाने मगरका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुले पनि रमाइलो प्रस्तुति प्रस्तुत गर्ने छन । 
यसपालिको तीजलाई भव्य रुपमा मनाउनका लागि सम्पूर्ण आयोजकले प्रचार प्रसारमा जोड दिएका छन । 
दोस्रो पटक युएई गई प्रवासीएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसंग तीज मनाउन पाउंदा आफु पनि निकै उत्साही भएको कलाकार सम्झना लामिछाने मगरले बताइन । 
युएईका दर्शकहरु चिरपरिचित कलाकारका साथ तीज मनाउन पाउने भएकोले खुशी भएका छन ।