नवलपरासी । नवलपरासीको दुम्कीवासस्थित इलाका प्रहरी कार्यालयले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुर उपमहानगरपालिका ७ बस्ने ४२ वर्षीय विकाश महर्जन र सोही स्थानका ३९ वर्षीय कृतिरजुन जोशी रहेका छन् ।
उनीहरुबाट प्रहरीले १२ बोरको बन्दुक, त्यसमा लाग्ने १९ थान गोली र खुकुरी बरामद गरेको छ । भैरहवाबाट काठमाडौ आउँदै गरेको बा६च ५२८२ नम्बरको बोलेरो जिपसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
हतियारसँगै फायर गरेका दुई वटा गोलीको खोका समेत फेला परेकाले उनीहरु हिजो साँझ लुम्बिनी क्षेत्रमा भएको गोलीकाण्डमा संलग्न भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
RSS