
काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार पुनः ऋणात्मक रहन गयो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब १ अंकले झरेर ५ सय ५१ मा आइपुग्यो ।
कारोबार सुरु हुँदा सकारात्मक रहेको नेप्से केही समयमा झर्दै करिब १ घण्टामा ऋणात्मक बन्न पुगेको हो । कारोबार भएका मध्ये आधा भन्दा बढी समूह रातो रहेसंगै नेप्से झरेको हो ।

अन्य, बीमा, वाणिज्य बैंक र वित्त समूह ओरालो लागे भने जलविद्युत, विकास बैंक र होटल समूह सकारात्मक रहे । जलविद्युत समूहमा ५२ अंकको उच्च बृद्धि भयो ।




