धान खेतीमा भन्दा माछा पालन ब्यवसायबाट राम्रो आम्दानी हुन थाले पछि धादिङका किसानहरु माछा पालनमा

धादिङ  । धान खेतीमा भन्दा माछा पालन ब्यवसायबाट राम्रो आम्दानी हुन थाले पछि धादिङका धेरै किसानहरुले धान लगाउने खेतमा माछा पाल्न सुरु गरेका छन् । खेती गर्नका लागी कामदारहरु पाउन छाडेको र युवाहरु विदेश पलाएन हुन क्रम बढेपछि धादिङको विभिन्न स्थानमा किसानहरु आफनो पेशा परिबर्तन गरी नगदे बाली तिर लागेका हुन् । 
माछा पाल्दा थोरै जनशक्ति भए पुग्ने र लगानी पनि एक पटकमात्र गर्नु पर्ने भएकाले पानी भएका र खोला नजिक खेत हुने किसानहरुले भने माछा पाल्न थालेका छन् । एक रोपनी क्षेत्रत्रफलमा बनाईएको पोखरीमा झण्डै एक बर्षमा राम्रो भाउ पाएको वेला झण्डै तिस चालीस हजार आम्दानी हुन्छ भने, धान लागयत अन्य अन्न बालीबाट मुस्कीलले दश हजार पनि आम्दानी नहुने किसान बताउछन् । 
अहिले धादिङमा सयौ रोपनी क्षेत्रत्रफल खेती योग्य जमिनहरुमा माछा पालन गरेको छ अहिले पोखरीमा पालेको माछा धादिङमा प्रति किलोग्राम चार सय पचाससम्म विक्री हुने गरेको छ । बिषेश गरी धादिङको नीलकण्ठ गाँउ विकास समितीको खेला छेउछाउको सयौ रोपनी खेतलाई नमुना माछा पाल्ने स्थानको रुपमा परिचित गराउनका लागी व्यबसायीक रुपमा नै सुरु गरेका छन् । धादिङका किसानहरुले नैनी , रहु , कमन कार्प, कार्प ,लगायत मागुर जातका माछाहरु पाल्दै आएका छन् ।
RSS / IMAGECHANNEL