काठमाडौं । यस साता पनि शेयर बजार परिसूचक नेप्से सकारात्मक रह्यो । गत साता ७ अंक बराबरले बढेको नेप्से यस साता ३ अंक बढिले सुधारियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलब तीन तीन अंकले वृद्धि भई अन्तिम दिन ५ सय ५१ दशमलब चार चार अंकमा पुग्यो ।
यस साता कारोबार भएका अधिकांश समूहमा बृद्धि आएसँगै साताको नेप्से बढेको हो । जलविद्युत समूह सबैभन्दा उच्च ९८ अंकले बढ्यो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको ८ हजा २ सय ३४ कारोबारबाट ८७ करोड २१ लाख रुपैयाँ बराबरका २६ लाख २१ हजार कित्ता शेयरहरु खरीद बिक्री भए ।
गत साता १ सय २७ कम्पनीको ६ हजार ७४ कारोबारबाट ६३ करोड ४५ लाख रुपैयाँ बराबरका २७ लाख ९ हजार कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा पनि गत साताको तुलनामा साढे ३७ प्रतिशतले वृद्धि भएको हो ।
यस साता कारोबार रकम, कारोबार भएको शेयर संख्या र कारोबार संख्याको आधारमा नेपाल वंगलादेश बैंक अग्रस्थानमा रह्यो । कारोबार रकमको आधारमा नेपाल वंगलादेश बैंकलाई चिलिमे हाइड्रो पावर कम्पनी, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एभरेष्ट बैंक र कुमारी बैंक अग्रस्थानमा रहे ।
RSS, IMAGECHANNEL