दुबईमा तीजको रमझम/ अर्घेली र गुल्मेलीको ‘जोर्ते’ नांच
भाद्र १७ गते, २०७० मा प्रकाशित
– लालबहादुर ढेंगा र उमाकान्त पाण्डे गाउंले,
दुबई, युएई – युएईमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले प्रवासको भूमिमा पनि महिलाहरुको महान चाड हरितालिका तीज आफ्नै रितीरिवाजका साथ पारम्पारिक पहिरन रातो साडी र छड्के तिलहरी लगाएर तीजको गीत गाउदै विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् ।
सो कार्यक्रम अर्घाखांची सम्पर्क समिति युएई र गुल्मी सेवा समाज युएईको संयुक्त आयोजनामा गएको ३० अगस्त शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा भएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता अर्घाखांची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले गर्नु भएको थियो । त्यस्तैगरी बिशेष अतिथिमा गायिका सम्झना लामिछाने र अन्य अतिथिमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेको कार्यक्रमलाई पत्रकार उमाकान्त पाण्डे गाउंलेले संचालन गरेका थिए ।
स्थानीय कलाकार आशिकी पाण्डे, सविता आचार्य, विमला सापकोटा, बिष्णुप्रसाद आचार्य, सावित्रा ज्ञवाली, अमृता ज्ञवाली , र सृजना भण्डारीको समुह स्वागत गीतबाट थालनी गरिएको लगत्तै