शेयर बजार पुनः ऋणात्मक

काठमाडौं । सोमबार शेयर बजार पुनः ऋणात्मक रह्यो । बजार परिसूचक नेप्से १ अंक बढीले झरेर ५ सय ५० दशमलब दुई नौ कायम भयो ।


बीमा र वित्त बाहेक कारोबार भएका अरु सबै समूह ऋणात्मक रहेसंगै नेप्से झरेको हो । बीमा समूहमा भने २१ अंकको उच्च बृद्धि भयो ।


जलविद्युत समूहमा सबैभन्दा उच्च १६ अंकको गिरावट आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय १३ कम्पनीको १७ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS