काठमाडौं । नेपालमा अब मोबाइल सेवामार्फत रेमिट्यान्स पठाउन सकिने भएको छ । वेष्टर्न युनियन, नबिल बैंक र फोनपे प्रालिको सहकार्यमा मोबाइलमार्फत रेमिट्यान्स पठाउन र प्राप्त गर्न सकिने ईसेवा सुरु गरिएको हो ।
मोबाइल ईसेवाको मंगलबार राजधानीमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।
डिजिटल मनि ट्रान्सफर सेवामार्फत विश्वका जुनसुकै मुलुकबाट सहज रुपमा रकम पठाउन तथा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।



