काठमाडौं। मंगलबार पनि शेयर बजार परिसूचक नेप्से वियरिस ट्रेन्डमै थामियो । सोमबार १ अंक बराबरले झरेको नेप्से मंगलबार २ अंक बढिले झरेर ५ सय ४८ दशमलब एक सात अंकमा आइपुग्यो ।
कारोबार सुरु भएदेखि नेप्से निरन्तर ओरालो लागेको हो । यसदिन जलविद्युत समूह सबैभन्दा उच्च १४ अंकले घट्यो भने वाणिज्य बैंक समूहमा पनि ३ अंक बढिले गिरावट आयो ।
यसदिन १ सय ११ कम्पनीको ४ लाख ८४ हजार बराबर कित्ता शेयर १७ करोड ६३ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । RSS



