अमेरिकी डलर उकालो लाग्दै उचाईको नयाँ रेकर्ड राख्ने क्रम जारी

काठमाडौं  । अमेरिकी डलर उकालो लाग्दै उचाईको नयाँ रेकर्ड राख्ने क्रम बुधबार पनि जारी रह्यो । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बुधबार पुनः हालसम्मकै महङ्गो भएको हो । १ अमेरिकी डलरका लागि नेपाली १ सय १० रुपैयाँ तिर्नुपर्ने भयो । बुधबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलर बराबर १ सय ९ रुपैयाँ ३ पैसा नेपाली रुपैयाँ तोकेको हो ।


 बैंकहरुले राष्ट्र बैंकले तोकेको विक्री मूल्य भन्दा बढिमा कारोबार गरेका छन् । मंगलबारको तुलनामा बुधबार एकै दिन डलरको भाउ २ रुपैयाँ ९७ पैसा बढेको हो ।


मंगलबार राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ६ रुपैयाँ ६ पैसा कायम गरेको थियो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदै जादा त्यसको असर नेपाली मुद्रामा पनि परेको हो ।


 विगत २२ वर्षदेखि भारतसँगको स्थिर विनिमय दरका कारण भारतीय रुपैयाँ कमजोर हुदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ । अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकलाई नकारात्मक असर पर्ने अर्थविद्हरुले बताउँदै आएका छन् ।

 

RSS