हेटौंडा – बोल्न नसक्ने एक महिलालाई ६ युवाले सामूहिक बलात्कार गरेर फरार भएका छन् ।
चार सन्तानकी ती आमा छोरीलाई भेटेर घर र्फकने क्रममा एउटा मन्दिरछेउ उक्त घटना भएको थियो ।
बलात्कृत महिलालाई स्थानीयवासीले उद्धार गरेर चौकीमा पुर्याएका थिए । उनको अवस्था सामान्य छ । प्रहरीले बलात्कारीको पहिचानसहित खोजी गरिरहेको एसपी गणेशबहादुर ऐरले बताए ।
RSS