बाबुको मुख हेर्ने पर्व मनाइरहेका बेला रोल्पामा एक बाबुले आफ्नै छोराको हत्या गर्ने प्रयास

रोल्पा- देशभरका हिन्दू धर्माबलम्बीहरुले कुशे औसीका दिन बाबुको मुख हेर्ने पर्व मनाइरहेका बेला रोल्पामा आज एक बाबुले आफ्नै छोराको हत्या गर्ने प्रयास गरेका छन्।
पश्चिम रोल्पाको राङसी-२ घर भई  सदरमुकाम लिबाङस्थित सुर्खेती डाँडा डेरा गरी बस्ने टेकबहादुर पुनले आज आफ्नै  आठ वर्षीय छोरालाई विष सेवन गराई हत्या गर्ने प्रयास गरेका हुन्।
 
दुईवटी विवाह गरेका पुनले कान्छी श्रीमतीलाई कोठामा छाडेर छोरालाई सुलिचौर घुमाउन लैजाने बहाना बनाएर लिबाङ ६ आर्मी ब्यारेक नजिक मानिस नभएको घरमा विषादी खुवाएर त्यही छोडी भागेका थिए।
सुनसान घरमा आठ वर्षीय बालकलाई देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खबर पाए लगत्तै बालकलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि भर्ना गरेको थियो।
 
छोरालाई विषादी खुवाउने टेकबहादुर भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। 
– रासस

अन्य समाचारहरु