उमाकान्त पाण्डे ‘गाउंले’
भाद्र २१, दुबइ – गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकालको लागि उम्मेदवारी दिने क्रम बढेको छ । मध्यपुर्वका खाडीमुलुकमा कार्यरत नेपालीको नेत्रित्व गर्दै यूएईबाट चन्द्र बहादुर रोकाहाले मध्यपुर्व सम्योजकको उम्मेदवारी घोषणा गरेका छन ।
रोकाहा एनआरएन यूएईका वर्तमान कार्यसमितिका अध्यक्ष हुन ।
दुबइको याक एन्ड यती रेस्टुरेन्टमा आज शुक्रबार पत्रकार सम्मेलन गरि रोकाहाले उम्मेद्वारीको घोषणा गरेका हुन् । उम्मेद्वारी दिने घोषणा गर्दै रोकाहाले गैर आवासीय नेपालीहरुको समस्या समाधानको लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्यपूर्वी मुलुकमा रहेका नेपाली कामदारमाथि हुने उत्पीडनको घटना न्यूनीकरण आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । वैदेशिक रोजगारको सुरक्षित कार्यचयन, सुसूचित गमन, मर्यादित आगमन र सम्मानजक पुनःस्थापनामा जोड दिदै एनआरएन एनसीसीमा रहेर काम गर्दाका अनुभबका आधारमा आफु अघि बड्ने उनले वताए । ‘युरोपमा बस्ने नेपाली मात्र एनआरएन होइनन, उनीहरुको बर्चस्व धेरै भयो भनेर गरिने गुनासोलाई आफ्नो उम्मेदवारी ‘जबाफ’ हो,’ उनले भने ।
पत्रकार सम्मेलनमा उपस्थित बिभिन्न संघसस्थाका प्रतिनिधी तथा पत्रकारले सोधेको जिज्ञासाको जबाफ दिदैं उनले यूएई तथा समग्र मध्यपूर्वमा रहेका नेपालीको बिषयलाई अख्तियारी पाएको निकाय सगं समन्वयब गर्दै अघि बड्ने बताए । एनआरएन यूएईको नेत्रित्वमा रहेर गरेका कामको मुल्यांकन गर्दै सबै सहकर्मीहरुको सुझाब तथा सहयोग बाट उल्लेख्य काम गर्न सकिने उनको भनाइ थियो ।
यस् अघि एनआरएन यूएईको उपाध्यक्ष हुँदै वर्तमान कार्य समितिमा अध्यक्ष रहेका रोकाहाको कार्यकाल आगामी शुक्रबार सकिदै छ । आगामी अक्टोबर १९ देखी २२ सम्मकाठमान्डौमा हुने विश्व सम्मेलनले नयाँ कार्य समिति गठन गर्ने छ । रोकाहाको उम्मेदवारी खाडी मुलुक बाट पहिलो हो । यसअघि यूएईमै काम गरि हाल नेपालमा रहेका रामेश्वर शाहले एनआरएन केन्द्रिय अध्यक्षको रुपमा उम्मेदवारी सार्वजनिक गरेका छन । त्यस्तै एनआरएनको प्रमुख पदमा अष्ट्रेलियाको दाबी रहेको छ ।
अध्यक्ष,महासचिवपछि अष्ट्रेलियाबाट उपाध्यक्षका लागि समेत उम्मेदवारी घोषणा भएको छ । जसमा शेष घलेले अध्यक्ष र पूर्वएनआरएन अष्ट्रेलिया अध्यक्ष ध्रुव सुवेदीले केन्द्रिय महासचिवमा र एनआरएनको अन्तराष्ट्रिय कमिटीको विधान संशोधन समितिमा रहेर काम गरिसकेका भवानी ओलीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनी यहाँ निजी लगानीमा सन्चालित रहेको डिउ नामक टेलिकम कम्पनीमा आइटी म्यानेजर तहमा काम गर्छन् ।