फेसबुक लगायतका मार्फत सम्बन्धहरुको तस्वीर तथा भिडियोहरु सार्वजनिक गर्ने धम्की दिई प्रेमिकासँग लाखौँ रुपैयाँ असुल्ने व्यक्ति काठमाडौंमा पक्राउ

काठमाडौं । फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमार्फत विगतको प्रेमसम्बन्धका तस्वीर तथा भिडियोहरु सार्वजनिक गर्ने धम्की दिई प्रेमिकासँग लाखौँ रुपैयाँ असुल्ने व्यक्तिलाई आज प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।


पक्राउपर्नेमा मोरङ निवासी २६ वर्षीय कुन्दन श्रेष्ठ रहेका छन् । श्रेष्ठले विगत ३ वर्ष अघि फेसबुकमार्फत चिनजान भएर प्रेमसम्बन्ध राखेकी एक महिलालाई सम्बन्धहरुको तस्वीर र भिडियो सार्वजनिक गर्ने धम्की दिएर करिब १३ लाख रुपैयाँ महिलाबाट लिएको प्रहरीले जनाएको छ ।


प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले श्रेष्ठलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर हनुमानढोका पठाएको जनाइएको छ ।

 

RSS

अन्य समाचारहरु