भारतको गूड्गावमा नेपाली दिदिबहिनीहरुले तिज मनाए धुमधामसँग

बाबु रोका मगर

 

गूड्गांव, हरियाणा (8 सेप्टेम्बर २०१३) । हिन्दू नारिहरुको महान चाड “तिज” को पावन अबसर मा नेपाली दिदिबहिनीहरु ले आफ्ना-आफ्ना शैली मा गीत गाउदै छम-छम गरी यो वर्ष को तिज मा नाचेर मनको धोको पुरा गरेका छन।

 


 

श्री माता वैष्णु देवी सोसाइटी द्दारा सिकेन्द्रपुर गूड्गांव हरियाणामा श्री राजु नेपाल को अध्यक्षता मा सन्चालन भएको तिज को कार्यक्रम शान्ती  पुर्वक सम्पन्न भएको छ ।

 


 

यसै क्रममा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला संघ गूड्गांव नगर संगठन समितिको तेह्रौ तिज  कार्यक्रम सेक्टर-१५ गूड्गांवमा श्रीमती चनिसरा थापा को अध्यक्षतामा रक्तिम गीतका साथै तिजका गीतहरु गाएर यो वर्ष को तिज लाई बिदाइ गरेका छन। उक्त तिजको कार्यक्रम मा नेपाली दिदिबहिनी, दाजुभाइ र बुवाआमाको ठुलो मात्रमा उपस्थिती थियो।