पर्वत । एसएलसी पूरक परीक्षामा अनुत्तीर्ण भएपछि पश्चिम बाग्लुङ गलकोटकी एक छात्राले आत्महत्या गरेकी छिन् ।
गलकोट उच्च माविबाट एसएलसी परीक्षा दिएकी हटिया गाविस ४ स्याँहालकी २० बर्षिया मञ्जु पन्तले गएराति आत्महत्या गरेकी हुन् ।
गत चैतमा सम्पन्न एसएलसी परीक्षामा पन्त गणित र बिज्ञान बिषयमा अनुत्तीर्ण भएकीले पुरक परीक्षा दिएकी हुन् । उनले आफ्नै कोठामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
RSS