सन्तोष दाहाल र युवराज खत्री
बहराइन – महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा गुल्मेली समाज बहराइनले आयोजना गरेको तीज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भको छ। दुई चरनमा गरी प्रस्तुत गरिएको कार्यक्रम पहिलो चरनमा गुल्मेली समाज समिति बहराइनका सान्स्कृतिक सचिब रेशम श्रीसले मिठो गजलबाट कार्यक्रमको सुरुवात गर्दै औपचारिक कार्यक्रम सन्चालन गर्न महा-सचिब कमल गेवालीलाई निम्ताउनु भको थियो ।
तीज बिशेष कार्यक्रमको सभापतित्व गुल्मेली सेवा समाजका अध्यक्ष भिम कुँवरजीले गर्नु भको थियो भने प्रमुख अतिथी बहराइन स्थित नेपाली क्लबका अध्यक्ष दुर्गा गिरी रहनु भएको थियो । त्यसैगरी बिशेश अतिथिमा नेपाली क्लबका मानार्थ गम गुरुङ र बहराइन नेपाली प्रथम
राजदुत पत्नी श्रीमती पुनम सुबेदी रहनु भएको थियो ।
अन्य अतिथिहरुमा बहराइनमा रहेका सम्पूर्ण नेपाली सघं संस्थाका प्रतिनिधिहरु रहनु भएको थियो । अतिथिको आशन ग्रहण पछि नेपाली राष्ट्रिय गानको साथमा कार्यक्रमका सभापति तथा प्रमुख अतिथी,बिशेष अतिथिले संयुक्त रुपमा पानशमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भको थियो भने उद्घाटनको बेला अत्यन्तै रोचक ढंगले दर्सकहरु माझ फूल बर्षाइएको थियो ।
कार्यक्रममा गुल्मेली सेवा समाज समितीका उपाध्यक्ष हिमलाल पाण्डेले स्वागत मन्तब्य दिनु भएको थियो । चर्चित लोक तथा दोहोरी गायक एबम तीज बिशेश कार्यक्रमका सम्योजक असीम महत र साथीहरुले स्वागत गीत प्रस्तुत गर्नु भको थियो । असीम महतले कम्पोज गरेको स्वागत गीतले कार्यक्रम स्थललाई संगीतमय बनाइ दर्सकको मन जित्न सफल भको थियो । कार्यक्रमा प्रमुख अतिथी दुर्गा गिरी, बिशेष अतिथी गम गुरुङ एबम पुनम सुबेदीले शुभकामना मन्तब्य दिनु भएको थियो ।
औपचारिक कार्यक्रमका संचालक कमल गेवालीले दोस्रो चरणको तीज बिशेष साङगेतिक कार्यक्रम सन्चालनको लागि चर्चित लोक तथा दोहोरी गायक एबम तीज बिशेश कार्यक्रमका सम्योजक असीम महतलाई माइक्रोफोन हस्तान्तरण गरेपछी कार्यक्रको माहोल नै बद्लिएको थियो ।
अत्यन्तै रोचक ढंगबाट तीजको गीतको उठान गरी सन्चालन गर्नु भएको कार्यक्रम सानो बहिनी अक्क्षिताको नाच बाट ढोका खोलिएको तीज बिशेष कार्य क्रममा भिभिन्न कलाकारहरुले छुट्टा छुट्टै प्रस्तुतिहरु दिनु भएको थियो । अर्चना थापा,लिजा गुरुङ र सपना शेर्पाको यस्पालिको तीज्मा ढल्की नाच्ने हो ।
भन्ने नाच्ले दर्सक माझ छुट्टै रौनक छाएको थियो!कार्यक्रम्मा सरिता दर्लामी, मिना पल्ली,छबिकला रेगामी,कुमरी पाण्डे र साथीहरुले प्रस्तुत गरेको लाइभ गीत्ले गाउघरको आगनीमा बसेर गाएको नाचेको झल्को दिएको थियो ।
सुनिता तमाङ सपना लामा शुशिला नेवाङ्को हाइ मेरो फरिया समुह न्रित्यले बिशेष गरी युवा दर्शकमा जोश र उमङ थपेको थियो ।
रमिला न्यौपानेको तीजको रहर आयो बरीलै न्रित्यले सबैको मन जित्न सफल भएको थियो । कार्यक्रमको सबै भन्दा रोचक पक्ष बिच बिच म उपस्थित दिदिबहिनीहरुलाई स्वस्फुर्त नाच्नको लागि स्पेस टाईम रखिएको थियो जस्मा दिदिबहिनीहरु बारुले कम्मर मर्काइ मर्काइ आ-आफ्नै ढंगले न्रित्य गर्दा कार्यक्रम इस्थल पूर्ण रुपले तीज्मय बनेको थियो, भने आशा गरिएको भन्दा दोब्बर दर्सकको उपस्थितिले नाच्नको लागि ठाउको अभाब भएको गुनासो आइरहेको थियो ।
कार्यक्रममा बहराइन नेपाली आईडियल्को टप टेन मा पर्न सफल अर्घाखाचिका करन थापाले बुहारी चाहियो भन्ने गीतले दर्सकमाझ रौनकता थप्न सफल हुनु भको थियो त्यसै गरी अर्का बहराइन नेपाली आईडियल्को टप टेन मा पर्न सफल कुमार गुरुङको फेवातालमा साइली गीतले सबैलाई लठ्ठै बनाउन सफल हुनु भको थियो । त्यसै गरी चर्चित लोक तथा दोहोरी गायक विश्व बिनोदले तिम्ले दिएको चिनो हरायो र सरिता दर्लामी सँग मौलिक तीजको गीत गाएर सबैको मन जित्न सफल हुनु भएको थियो ।
उक्त कार्यक्रमका सम्योजक लोक तथा दोहोरी गयक असीम महतको आफ्नै एल्बमको गीत तातो हावा चल्छ सरररर हिजो बिहानै उठेर बजारतिर गए म भन्ने तीज्को गीत प्रस्तुत गर्दा दर्शकहरु नाचेर अनी ताली बजाएर उहालाई हौसला प्रदान गरेका थिए ।
कार्यक्रममा तेजेन्द्र थापा,धर्मेन्द्र,राजन सुबेदी,मनिषा कार्की,अन्जली, सविना,लगयत अन्य कलाकारहरुको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा तीजको दरको पनि ब्यबस्था गरिएको थियो । स्वयमसेवकहरुले अत्यन्तै ब्यबस्थित ढंगले दिदिबहिनी तथा दाजु भाईहरुलाई दर उपलब्ध गराउनु भएको थियो । कार्यक्रम्को अन्तयमा गुल्मेली समाजका अध्यक्ष तथा कार्यक्रम्का सभापति भिम कुँवर यो कार्क्रमलाई सफल बनाउन सहयोग गर्नुहुने कलाकारहरु,दर्शकहरु,प्रायोजकहरु, अतिथिहरु र बिशेषगरी महिला दिदिबहिनीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भको थियो । समग्रमा भन्नु पर्दा बहराइनको नेपाली ईतिहासमा पहिलो तीज कार्यक्रम भब्यताका साथ सम्पन्न थियो ।