लिस्वनमा तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न

विनोद घिमिरे 
लिस्वन – एनआरएन पोर्चुगलले आयोजना गरेको तिज बिशेष कार्यक्रम आइतवार लिस्वनमा भब्य रुपमा सम्पन्न भएको छ।  लिस्वनमा बसोबास गर्ने नेपाली दिदीबहिनीहरुले स्तेफानिया को हलमा धित मरुन्जेल नाचेर यो बर्ष को तिज लाई बिदा गरेका छन्।  रंगीचंगी सारी र गहना ले सजिएका सयौ महिलाहरुले धुमधाम सँग नाचगान गरि आफनो जन्मभूमि र माइतिको सम्झना लाई मत्थर पारेका छन्।  बिहान १२ बजे देखि विधिपूर्वक शिवजी को पुजा आराधाना गरि शुरु भएको कार्यक्रम राति नौ बजे सम्म जारी रहयो।  तिजको दिन भएकोले बर्त बसेका दिदीबहिनीले दही र फलफुल खादै तिज का गीतहरुमा नृत्य गरेर आपसमा शुभ-कामना साटे। नेपाली पहिरन लगाएका पोर्तुगिज महिलाहरु पनि नाचगान को रमाइलोमा सहभागी थिए। 
एनआरएन पोर्चुगलका अध्यक्ष रमेश कुमार गुरुङ को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा सदस्य कृतिकला पोखरेल ले स्वागत मन्तब्य राखेकी थिइन् भने तिजको महिमा को बारेमा बिष्णु लुइँटेल सुवेदी र एनआरएन अन्तराष्ट्रिय महिला प्रतिनिधि मानु मल्ल ले प्रकाश पारेका थिए। त्यसैगरि साहित्य सर्जक सिता बराल ले एक मर्मस्पर्शी गित गाएर बालबच्चा र परिवार बिछोड को पिडा लाई उजागर गरेकी थिइन्। कार्यक्रम को सन्चालन कोषाध्यक्ष पुरुषोत्तम सुवेदी र म्युजिक ब्यबस्थापन सुर्जे भट्टचन ले गरेका थिए। 
कार्यक्रमको अर्को रोमाञ्चक पाटो चिट्ठा उपहार रहेको थियो। सोहि चिट्ठा को नतिजा अनुसार क्रमश: सिता बराल ले युरो १०० प्रथम, दीक्षाले युरो ७० दित्तीय, अनिशा ज्ञवालीले युरो ५० त्रितिय पुरस्कार हात पारेका छन्। भने सान्त्वना पुरस्कार युरो १० (दुई जना लाई) माधबराज गिरि र शान्ति ले प्राप्त गरेका छन्।  त्यसैगरि ५० जना ले मिठाई उपहार प्राप्त गरेका छन् ।