चिलीमा नेपालीहरुले भब्य रुपमा तिज मनाए

डिल्लीराज घिमिरे 
एकिकी, चिली – बैदेसिक रोजगारको क्रममा दक्षिण अमेरिकाको चिलीमा पुग्नु भएका नेपाली हरुले भब्य रुपमा तिज मनाएका छन् । 
डोरनाथ खनालको मुख्य पहल कृष्ण थापा,रुद्र बुढा को बिसेष सक्रियता सहित सम्पूर्ण नेपालीहरुको सहकार्यमा चिलीको  एकिकीको पलाय बलान्कामा सम्पन्न भएको छ ।  नेपाली मादल र बासुरीको धुनमा ” तिमि रामरो नाच्ने कि मा राम्रो नाच्ने” बोलको गीतमा भब्य नाच भएको थियो । कार्यक्रममा नेपालि चेलीबेटी नेपाली पोशाकमा सजिएका थिए । कार्यक्रम स्थानीय समय अनुसार साझको दश बजे देखि रातको १ बजे सम्म चलेको थियो  । 
कार्यक्रममा बिष्णु आचार्यको नाच अमर पुनको मादल र डिल्लीराज घिमिरेको वाँसुरीमा निकै रोमान्चक भएको थियो भने बिदेशमा रहेर पनि तिज मनाउन र नेपाली कला र सस्कृति को सम्मान गर्नु पर्छ विषयमा मन्तब्य कार्यक्रमका मुख्य आयोजक खनालले बताएका थिए ।