काठमाडौं । नेपाल र पाकिस्तानबीच व्यापार विस्तार गर्ने उद्देश्यसहित काठमाडौंमा पाकिस्तानी व्यापार मेला बुधबारदेखि सुरु भएको छ ।
त्रिपुरेश्वस्थित वल्ड ट्रेड सेन्टरमा सुरु भएको पाकिस्तानी व्यापार मेलामा पाकिस्तानी छालाका उत्पादन, लत्ता कपडा, फनिर्चर, घर सजावटका सामाग्री लगायतका वस्तु राखिएका छन् ।
पाकिस्तानको रावलपिन्डी चेम्बर अफ कमर्स र पाकिस्तानी दुतावासले संयुक्त रुपमा आयोजना गरेको मेला असोज १२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
पाकिस्तानले विगत ४ वर्षदेखि यस्तो व्यापार मेला गर्दै आएको छ ।
RSS