काठमाडौं । बुधबार शेयर बजार सामान्य सकारात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से करिब १ अंकले धनात्मक रहेर ५ सय ४८ मा थामियो । होटल र वित्त बाहेक अरु समूह सकारात्मक रहे ।
बीमा समूह १० अंकले उक्लियो भने जलविद्युत समूहमा पनि ५ अंकको सुधार भयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ११ कम्पनीको ४ लाख ६८ हजार कित्ता शेयर १७ करोड ७३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
RSS