सुनसरीको झुम्का कारगारबाट गत वर्ष फरार भएका कैदीलाई भैसी चराउँदै गरेको अवस्थामा पक्राउ

राजविराज  । सुनसरीको झुम्का कारगारबाट गत वर्ष फरार भएका कैदी विनायक यादवलाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 

सप्तरीको गोबरगाढा गाउँमा भैसी चराउँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

२०६९ साल कार्तिक २३ गते सुरुङ खनेर यादवसहित १२ जना फरार कैदी फरार भएकोमा अहिलेसम्म दुई जना मात्र पक्राउ परेका प्रहरीले जनाएको छ ।

 

RSS

अन्य समाचारहरु