रौतहट । रौतहटमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । हत्या हुनेमा पिप्रा पोखरिया गाउं विकास समिति वडा नम्बर ३ की सोना देवी यादव रहेकी छन् ।
तेजिलाल राय यादवको श्रीमती ४८ बर्षिया सोना देवीको धारिलो हतियार प्रहार गरी घाटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेको अवस्थामा आज विहान ३ बजे अज्ञात समुहले पर्खाल फोडी घाँस काट्ने कचियाले घांटी रेटी हत्या गरिएको परिवारका सदस्यको बयानलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक बिजय पंडितले जानकारी दिए ।
फरार अभियुक्तहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
RSS