भक्तपुरबाट काठमाडौं आउदै गरेको मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

भक्तपुर  – भक्तपुरको   सल्लाघारीबाट काठमाडौं आउदै गरेको मोटरसाइकलको ठक्करबाट शनिबार राति दुई जनाको मृत्यु भएको छ  । 
६ लेन सडकको ठिमिस्थित एसएस चोकमा  स. ३ प. ८४९२ नम्बरको मोटरसाईकलले पैदल यात्रु मध्यपुरथिमि नगरपालिका १ का १२ वर्षको सविन प्रजापति र मध्यपुरथिमि नगरपालिका ९ का ६२ बर्षीया केशरी मैया भासिमाको मृत्यु भएको हो । भासिमा  प्रजापतिको हजुरआमा नाता पर्छ ।   
मोटरसाईकल चालक सप्तरी खड्गपुरका २२ को रावलकुमार साह पनि घाइते छन् । दुर्घटनामा आफन्तको ज्यान गएपछि आज बिहान केही बेर राजमार्ग समेत अबरुद्ध पारेका थिए ।
RSS

अन्य समाचारहरु