उपेन्द्र यादव
बारा – शुक्रवार राती विशालु सर्पले टोकेर बारामा एक युवतीको मृत्यु भएको छ। मनहर्वा २ जैतापुर मामाघरमा बस्दै आएकी १९ वर्षीया सम्झना चौधरीलाई शुक्रवार राती १:३० बजे सुतिरहेको अवस्थामा ढाड मुनि विषालु सर्पले टोक्दा उनको मृत्यु भएको हो।
सर्पको टोकाईबाट सक्त घाइते भएकी चौधरीको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा ३:३० बजे राती मृत्यु भएको जिल्ला अस्पताल कलैयाले जनाएको छ ।
त्यसैगरी पटेर्वा ५ का ३० वर्षीय रामनरेश गुप्तालाई शुक्रवार राती घरबाट बाहिर निस्कदा विषालु सर्पले टोकेको थियो।
विषालु सर्पको टोकाईले घाइते गुप्ताको उपचार कलैया अस्पतालमा भइरहेको छ ।