राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा विशेष समारोह आयोजना

काठमाडौं  । राष्ट्रिय बाल दिवसको अवसरमा आज राजधानी काठमाडौंको बसन्तपुरमा विशेष समारोह आयोजना गरियो । कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले बालबालिकाको अधिकार संरक्षणका लागि थुप्रै प्रयत्नहरु र प्रगतिहरु भएको बताए ।
 
रेग्मीले बाल न्याय र बाल संरक्षणको क्षेत्रमा थुप्रै कामहरु र सकारात्मक प्रयासहरु भएको बताए । उनले अझै धेरै बालबालिकाहरुले थुप्रै समस्याहरु भोगिरहेकोले सरकारी र गैरसरकारी क्षेत्रको कार्यशैली र व्यवहारमा रुपान्तरण हुन आवश्यक भएको बताए ।
 
कार्यक्रममा यो वर्षको एसएलसी परीक्षामा सर्वोत्कृष्ट नजिता ल्याउने बालगृहका एक छात्रा र एक छात्रलाई पुरस्कृत गरिएको थियो । 
सम्मानीत हुने छात्रातर्फ सिविन काभ्रेका जेनी लामा र एसओएस बालग्राम भरतपुरका अर्जुन ज्ञावलीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
RSS

अन्य समाचारहरु