एनआरएन यूएई अध्यक्षमा कृष्ण भुसाल

– उमाकान्त पाण्डे ‘गाउंले’




भाद्र ३०,दुबइ- गैर आवसिय नेपाली सघं राष्ट्रिय समन्वयब परिषद (एनआरएन) यूएईको  पाँचौ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले कृष्ण प्रसाद भुसालको नेत्रित्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।  

 


 

नव गठित कार्यसमितिमा तिन उपाध्यक्ष छन । जसमा क्रमश: बिकास अधिकारी,कपिल खड्का, सुदिप कार्की रहेका छन । त्यस्तै महासचिवमा गोपाल कंडेल, सचिवमा क्रमश: लेखनाथ न्यौपाने र रविरमण अधिकारी चुनिएका छन भने कोषाध्यक्षमा दधिराम पाठक निर्वाचित भएका छन । 



शुक्रबार स्विट इम्पेरियल होटल बरदुबईमा सम्पन्न सघंको पाचौ महाधिवेशनले युवा संजाल प्रतिनिधिमा रुन्चे गायकको रुपमा चर्चा बटुलेका गायक प्रकाश पौडेललाई चुनेको छ । गठित कार्यसमितिका सदस्यहरुमा हरिशरण केसी, रामकुमार ढुंगेल, ऋशिराम बस्याल, मोहमद नोमन सिद्दिकी, शंकर प्रसाद न्यौपाने ,राजुराज फुयाल,प्रदिप थापा , पुरुषोत्तम सुबेदी ,यम बहादुर थापा ,पुस्प कार्की र गोपाल शर्मा छन् । 



अध्यक्षमा निर्वाचित भुसाल यस् अघिको कार्य समितिमा उपाध्यक्ष थिए । तिलक पुर ६ नवल परासी स्थाई घर भएका उनी १३ बर्ष अघि देखी यूएईको आबुअधाबीमा कार्यरत छन । स्टेसनरी ब्यवसायमा बजार प्रबन्धकको रुपमा कार्यरत भुसाल एनआरएन यूएईको स्थापना सगैं सकृय सदस्य एनआरएन थिए । 

 


 

उपाध्यक्षमा निर्वाचित बिकास अधिकारि यस् अघिको कार्य समितिमा पनि उपाध्यक्ष थिए । उनी आबुधाबीको स्थानिय सुरुक्षा सेक्युरिटी प्रबर्दन गर्ने कम्पनीको उच्च पदमा कार्यरत छन । त्यस्तै अर्का उपाध्यक्ष कपिल खड्का यस् अघिल्लो कार्य समितिमा कोषाध्यक्ष थिए । अर्का उपाध्यक्ष सुदिप कार्की एनआरएन यूएई अन्तर्गत रसअलखेमा क्षेत्रमा संलग्न थिए । 



त्यस्तै महाधिवेशनले एनआरएन अन्तरास्ट्रिय समन्वयब परिषद सदस्यमा यूएईबाट मोहन शर्मालाई चयन गरेको छ । 



गठित कार्य समितिका अबै पदाधिकारी निर्वीरोध निर्वाचित भएका हुन । महाधिवेशन मार्फत नयाँ नेत्रित्वका लागि निर्वाचन समिति गठन गरेर प्रजातान्त्रिक ब्यबस्था गरिए पनि उम्मेदवार दिएका धेरैले सहमतीका लागि भन्दै आ-आफ्नो उम्मेदवार फिर्ता लिएपछि सहमतीको ‘वातावारण’ तयार भएको हो । निर्वाचनका लागि पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष अर्जुन दाहालको सम्योजकत्वमा गठित समितिले काम गरेको थियो  ।   



‘एनआरएन यूएईको ईतीहासमा हाल:सम्मका सबै कार्य समिति निर्विरोध रुपमा गठन भएको र अहिले आफ्नो नेत्रित्वले पनि सहमतीका आधारमा नयाँ कार्यभार सुम्पन सक्यौ’सघंका निवर्तमान अध्यक्ष चन्द्र रोकाहाले भने ।   



महाधिवेशन उद्घघाटन कार्यक्रममा युएइका लागि नेपाली राजदुत धनन्जय झाको प्रमुख आतिथ्यता , एनआरएन आइसीसीका महासचिव तेन्जी शेर्पा, सचिव टिबी कार्की,मध्यपूर्व संयोजक नरेन्द्र भाट ,मध्यपूर्व सह-संयोजक लोकनाथ सुबेदी , एन्आरएन ओमानका अध्यक्ष डीबी क्षेत्री , एन्आरएन युएइका संस्थापक अधक्ष्य तथा मध्यपुर्बका पुर्व अध्यक्ष सिपि सापकोटा, आइसीसी सदस्य बिमल तमाङ, नेपाली समाजका यूएईका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की,जनसम्पर्क समितिका चित्र केसी, नेपाली जनजाती महासंघका अधक्ष डेर राज गुरुङ, प्रत्रकार महासघं यूएई शाखाका निमेष गिरि, गोर्खा सेवा समाजका सुरेश ढकाल, प्रबासी नेपाली संघका अध्यक्ष यमलाल पंगेनी, जनप्रगती शिल मन्चका हेमन्त पौडेल लगायतका बक्ताहरुले अधिबेसनको सफलताको कामना गर्दै मन्तब्य राखेका थिए ।



कार्यक्रममा बोल्दै गैर आवसिय नेपालीले ६७ भन्दा बढी मुलुकहरुमा सघं स्थापना गरेको र एनआरएनले आगामी दिनहरुमा युरोप र अन्य मुलुकका समस्यालाई मात्र नभई खाडी तथा मध्यपुर्वी मुलुकहरुमा पनि चासो पुर्वक काम र ब्यबहारत लागु गर्दै जानु पर्ने धारणा राखेका थिए । 



खाडी तथा मध्यपुर्वी मुलुकहरुमा कार्यरत नेपालीका लागि एनआरएनको औचित्य र त्यसको महत्व माथि समाजमा चर्चा हुँदै गर्दा यूएईमा कार्यरत तल्लो तहका नेपाली सम्मको पहुचमा एनआरएन नपुगेको भन्दै कार्यक्रम स्थलमा युवाहरु बिरोधमा उत्रिएका थिए । सघंको यूएई सदस्य समेत रहेको जनाउने उनिहरुले खुलेआम निवर्तमान कार्यसमिति र त्यसको नेत्रित्वको चर्को बिरोध गरेका थिए । उनिहरुको चर्को बिरोध र दबाबका कारण करिब एक घण्टा कार्यक्रम रोकिएको थियो । ‘आफुहरुलाई प्रयोग गर्ने र आफ्नो स्वार्थ्य पुरा गरे पछि त्याग्ने’ नेताको जस्तो ब्यबहारले स्पस्टकार्य दिशा नदेखिएको युवाहरुको आरोप थियो । 



मध्यपुर्वमा यस् अघी सबैभन्दा धेरै एनआरएन सदस्य बनाएको यूएई परिषदका यस् पटक जम्मा ८ सय ७ सदस्य मात्र बनेका छन । बर्ष अघिको तथ्याकंले सघंका सदस्यको सख्या २ हजार भन्दा बढी रहेको देखाएको छ । यस् तथ्याककै आधारमा भन्ने हो भने पनि यूएईमा एनआरएनको औचित घटेको पुस्टी भएको बुद्दीजिवीहरुको भनाई छ ।