लालप्रसाद शर्मा
पोखरा – एक समूहले पोखरा-१६ अमरदीपकी ७९ बर्षीया आशमाया गुरुङको हत्या गरी १६ तोला सुन लुटेको छ ।
आज बिहानैमात्र परिवारका अन्य सदस्यले थाहा पाएकाले घटना हिजो राति भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घरमा छोरा र नाती पनि रहेकोमा उनीहरुले घटनाबारे थाहा पाएनन् ।
बृद्धाको शव हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शवमा कुनै चोटपटकसमेत छैन ।