रेबिजग्रस्त बहुला कुकुरले टोक्दा जाजरकोटमा तीन जनाको मृत्यु, बहुला कुकुरको बिगबिगी

जाजरकोट – रेबिज रोगबाट तीन जनाको मृत्यु भएको छ । ढिमे १ दम्दालाका ५५ वर्षीय पहलबहादुर थापा, उनकी २२ वर्षीय छोरी हरिकला र वडा नं ५ जहरगाउँका २८ वर्षीय रणबहादुर रोकायको मृत्यु भएको हो ।
रेबिजग्रस्त बहुला कुकुरले टोक्दा पनि एन्टिरेबिज सुई नलगाई धामी झाँर्की तथा जडीबुटीको भर पर्दा उनीहरूको ज्यान गएको स्थानीय निर्मला थापाले बताइन् ।
 
त्यस्तै, ढिमे २ का लालबहादुर शाही, पुन्मा ४ का ३ वर्षीय बालक रोशन विकलगायत छ जना रेबिज रोगले थला परेका छन् । उनीहरू सबैलाई दुई महिनाअघि रेबिजग्रस्त कुकुरले टोकेको थियो । उपचारका लागि जिल्ला अस्पताल आएका उनीहरूलाई उपचार हुन नसक्ने भन्दै फर्काइएको सिअहेव तोयानाथ शर्माले बताए । गत वैशाखदेखि सुरु भएको रेबिजले कुकुर बौलाउने क्रम अहिलेसम्म रोकिएको छैन ।
 
बहुला कुकुरले ४८ जना स्थानीय बासिन्दा र दुई दर्जन भैंसी, गाई, बाख्रालगायत पशुचौपायालाई टोकेको थापाको भनाइ छ । ढिमे, पैक, अर्छानी, पुन्मा लगायतका गाविसमा बहुला कुकुरको बिगबिगी छ । – कान्तिपुर

अन्य समाचारहरु