आबुधाबी । यूएईको आबुधाबीको आइकार्डमा अर्घाखाँची सम्पर्क समिति यूएईको क्षेत्रिय समिति बैठक गत शुक्रबार सम्पन्न भएको छ। अध्यक्ष बिष्णु पन्थी को अध्यक्षतामा बसेको उक्त बैठकमा बिशेष अथिति अर्घाखाँची सम्पर्क समिति यूएईका केन्द्रिय बरीस्ठ सल्लाहकार चन्द्र सारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
बैदेशिक रोजगार तथा ब्यवसाय को लागि यु ए ई पुगेका अर्घाखाँची बाशी को एक साझा चौतारी अर्घाखाँची संपर्क समिती यु ए ई यहाँ स्थित सबै क्षेत्र हरुमा शाखा हरु बिस्तार गर्ने कार्य तिब्र बनाएको छ्। केही समय पहिला मात्र अबुधाबी क्षेत्र निर्माण भयता पनि एस्ले जिल्ला बाशी हरुलाई एकिक्रित गर्ने काम सफल भएको अर्घाखाँची संपर्क समिती यु ए ई का अध्यक्ष राजु खडका बताउछन।
अबुधाबी क्षेत्र निकै छोटो समय मा नै चर्चा मा आउन सफल भएको र सामाजिक काम मा पनि निकै चाख देखाएर अघी बडेकोमा केन्द्रिय बारीस्ठ सल्लाहाकार रबी लाल खनाल बताउछन। सबैको समाज प्रतिको दायीन्त्व बराबर रहने मा कुनै दुई मत नरहेको भन्दै अबुदाबी क्षेत्रिय अध्यक्ष बिष्णु पन्थी ले हामी सबै एक अर्का को लागि काम लाग्नु पर्दछ र एही नै हाम्रो लक्ष्य हो भन्नु भयो।
उपस्थिती र समिति का पधाधीकारी लगाएत धरै अर्घाखाँची बासीको उपस्थिती रहेको थियो साथ मा लेखनाथ भुसाल उपाध्यक्ष कमल खड्का कोषाध्यक्ष नारायण खनाल सह-सचिव दिनेश बस्नेत र धरै अर्घाखाँची बासीको उपस्थिती रहेको थियो।