गत शुक्रबार आबुधाबीको आइकार्डमा अर्घाखाँची सम्पर्क समिति यूएई क्षेत्रिय समिति आबुधाबीको बैठक सम्पन्न भएको छ।अध्यक्ष बिष्णु पन्थीको अध्यक्षतामा बसेको उक्त बैठक समितिका केन्द्रिय बरीस्ठ सल्लाहकार चन्द्र सारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
बैदेशिक रोजगार तथा ब्यवसायका लागि युएई पुगेका अर्घाखाँची बाशीको साझा चौतारी अर्घाखाँची संपर्क समिती युएईले यहाँ स्थित सबै क्षेत्र हरुमा शाखाहरु बिस्तार गर्ने कार्य तिब्र बनाएको छ्। केही समय पहिला मात्र अबुधाबी क्षेत्र निर्माण भएता पनि जिल्ला बाशी हरुलाई एकिक्रित गर्ने काम सफल भएको अर्घाखाँची संपर्क समिती युएईका अध्यक्ष राजु खडका बताउछन।
अबुधाबी क्षेत्र निकै छोटो समय मा नै चर्चा मा आउन सफल भएको र सामाजिक काम मा पनि निकै चाख देखाएर अघी बडेकोमा केन्द्रिय बारीस्ठ सल्लाहाकार रबी लाल खनाल बताउछन। सबैको समाज प्रतिको दायीन्त्व बराबर रहने मा कुनै दुई मत नरहेको भन्दै आबुधाबी क्षेत्रिय अध्यक्ष बिष्णु पन्थीले हामी सबै एक अर्काको लागि काम लाग्नु पर्दछ र
यहिनै हाम्रो लक्ष्य हो भन्नु भयो।
उपस्थिती र समितिका पधाधीकारी लगाएत धरै अर्घाखाँची बासीको उपस्थिती रहेको बैठकमा लेखनाथ भुसाल उपाध्यक्ष,कमल खड्का कोषाध्यक्ष, नारायण खनाल सह-सचिव, दिनेश बस्नेत र धरै अर्घाखाँची बासीको उपस्थिती रहेको थियो।